खतिवडा, विडारी र पौडेल मनोनितसँगै राष्ट्रियसभामाले पायो पूर्णता



काठमाडौं, ८ फागुन२०७४

राष्ट्रियसभा सदस्यका तीन सदस्य राष्ट्रिपति विद्या भण्डारीले मनोनित गरेकी छन् । मनोनित गरेसँगै राष्ट्रियसभाले पूर्णता पाएको छ ।

राष्ट्रियसभा सदस्य मनोनित भएकाहरुमा पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेल हुन् ।

शेरबहादुर देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै सरकारले मंगलबार विहान मात्र तीन जनाको नाम पठाएको थियो । हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसके पनि ३ जना भने नियुक्त गर्न बाँकी रहेको ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना चुनावबाट निर्वाचित भएकाा छन् भने तीन जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

खासमा खतिवडा, बिडारी र राई को हुन् ?

वर्तमान सरकारको सिफारिसमा राष्ट्रिय सभा सदस्यका लागि परेका डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका एमाले निकट अर्थविद् हुन् ।

उनी केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । ओली सरकारमा अर्थमन्त्रालय सम्हाल्न लविङ गरिरहेका उनलाई अर्थराज्यमन्त्रीको जिम्मेवारी दिने योजनासहित राष्ट्रिय सभामा लगिएको एमाले निकट नेताहरुको भनाई छ ।

प्रचण्ड निकट कानुन ब्यवसायी हुन् रामनारायण बिडारी। हेटौंडाका बिडारी दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट समानुपातिक सभासद् थिए ।

यसैगरी राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुन्  विमला पौडेल राई । उनी एमाले समर्थक वुद्धिजिवी संगठनमा समेत थिइन् ।

प्रतिक्रिया दिनुहोस्