पार्टी एकीकरणले बाम गठबन्धन बलियो हुने



काठमाडौं, ८ फागुन २०७४

नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी एकीकरणले बाम गठबन्धन बलियो हुने बताएका छन् । रौतहटको गौरमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले दुवै तहका वाम गठबन्धनका सांसदहरुलाई स्थानीय सरकारले गरेको कामको अनुगमन गर्न निर्देशन दिए ।
६ वटै प्रदेशमा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भइसकेको एमाले र माओवादी नेपाल कम्युनिष्ट पार्टीमा परिणत हुन लागेको बताउँदै नेता नेपालले गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने र आगामी हुने निर्वाचनमा पार्टीले दुई तिहाई बहुमत ल्याउने ठोकुवा गरे । एमाले र माओवादी केन्द्रबीच हुने पार्टी एकता हुनेमा कुनै शंका नगर्नसमेत उनले आग्रह गरे । पार्टीमा नेतृत्व तथा विचारहरुको बारेमा बहस चलेका कारण केही दिनमा नै सार्थक निष्कर्ष निस्कने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्