रसियाको नोरिलिक्स शहरस्थित डाल्डीकन नदीको पानी एक्कासी रातो भएपछि स्थानियवासी आश्चर्यचकित भएका छन । नदीको पानी पुरै रातो भएको फोटो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।
स्थानिय अधिकारीहरुले नदीको पानी रातो भएको पुष्टी गरेपनि यसको कारण पत्ता लाउने प्रयास गरिरहेका छन ।
केहीले वातावरणमा आएको परिवर्तनले यस्तो हुन सक्ने अनुमान गरेका छन ।
यसैबीच रसियाको प्राकृतिक स्रोत एवं वातावरण मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै अनावस्यक हल्लामा नलाग्न सर्व साधारणलाई आह्वान गरेको छ । मन्त्रालयले नदी नजिकै रहेको मेटालर्जिकल प्लान्टको पाइप फुटेपछि त्यहाँबाट निस्केको रसायनका कारण नदीको पानी रातो देखिएको बताएको छ ।
नोरिलिक्स निकले प्लान्ट विश्व कै सबै भन्दा ठुलो निकेल उत्पादक कम्पनी हो । उता, कम्पनीले भने आफ्नो कारण घटना नभएको दाबी गरेको छ ।
स्थानिय पत्रिकाहरुले भने नदीको पानी रातो भएको यो पहिलो पटक नभएको बताएका छन । यद्यपी ती अखबारहरुले यस बारे विस्तृत विवरण दिएका छैनन।