१६ वर्षे किशोरको ७३ वर्षे दुलही, गाउँका मुखियाले भने, ‘अहिले नै शारिरिक सम्बन्ध नराख’



भनिन्छ, प्रेम अन्धो हुन्छ । यसमा उमेरको केही सीमा हुँदैन । यो वाक्यलाई पुष्टि गर्ने एउटा घटना जकार्तामा सार्वजनिक भएको छ । सुन्दा अचम्म लाग्ला, एक १६ वर्षका किशोरले ७३ वर्षीया वृद्धासँग प्रेम विवाह गरेका छन् । विवाह गर्नका लागि दुलहा किशोर भएकाले उनीहरुलाई अनुमती दिइएको थिएन तर दुबैले विवाह रोकिए आत्महत्या गर्ने धम्की दिए । घटना इन्डोनेसियाको हो ।

१६ वर्षका सेलामत रियादीलाई मलेरिया भयो । यो क्रममा उनलाई छिमेकी महिला रोहारा बिनती मोहम्मद जकफरले निकै हेरबिचार गरिन् जसका कारण दुबैबिच प्रेम बस्यो । इन्डोनेसियामा पुरुषका लागि विवाह गर्ने कानूनी उमेर १९ वर्ष हो तर पनि सुमात्रा गाउँको प्रशासनले यी दुबैलाई विवाह गर्न अनुमती दिएको छ ।

गाउँका मुखिया सिक एनी भन्छन्, ‘सेलामत विवाहका लागि निकै साना छन् तरपनि हामीले उक्त विवाह हुन दियौं किनभने उनीहरुले आत्महत्या गरिदिने धम्की दिएका थिए । यद्यपी, किशोर परिपक्व नभएका कारण हामीले उक्त विवाह धूमधामसँग हुन दिएनौं । उनीहरुले अहिले नै यो जोडीले शारिरिक सम्बन्ध राख्नबाट बच्नुपर्छ ।’

सेलामतका पिताको केही वर्ष अघि मृत्यु भएको थियो र दोस्रो विवाह गरेकी उनकी आमाले पनि उनको हेरबिचार गर्न छाडेको बताइएको छ ।उनकी दुलहीले योभन्दा अघि दुई जनासँग विवाह गरेको र कम्तीमा पनि एक सन्तानकी आमा हुन् ।
यी किशोरको विवाह गत हप्ता काराङ्ग इन्दाह गाउँमा भएको हो । यो विवाह अनलाइनमा पोष्ट भएपछि निकै चर्चा बटुल्यो । इन्डोनेसियाका सोसल अफेयर्स मिनिस्टरले दुलहाको उमेर कम भएकाले उक्त विवाहको आलोचना गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्