‘सिमिकोट टाइम्स’ प्रकाशन



हुम्ला, ८ फागुन

हुम्लाबाट ‘सिमिकोट टाइम्स’ साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ ।

यसअघि २६ अंक प्रकाशित भई बन्द भएको उक्त साप्ताहिक पत्रिका प्रजातन्त्र दिवसका अवसर पारेर सोमबारबाट पुनःप्रकाशनमा आएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा र पत्रकार महासंघका जिल्ला अध्यक्ष अर्जुन बोहोराले संयुक्त रुपमा सो पत्रिका सार्वजनिक गर्नुभयो ।

पत्रिकाका प्रकाशक एवं सञ्चारकर्मी राजन रावतले पत्रिका प्रकाशनलाई अब निरन्तरता दिने बताउँदै जिल्लामा छपाइ गर्ने प्रेस नहुँदा बीचमा पत्रिका प्रकाशन बन्द भएको र हाल जिल्लामै प्रेस स्थापना भएपछि पत्रिका पुनःप्रकाशन गरिएको भन्नुभयो ।

प्रजिअ शर्माले जिल्ला प्रशासन कार्यलयमा थुप्रै पत्रपत्रिका दर्ता भए पनि हालसम्म कुनै पनि पत्रिका प्रकाशित नभएको सन्दर्भमा ‘सिमिकोट टाइम्स’ साप्ताहिक पत्रिका प्रकाशन हुनु सकारात्मक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्