कसरी हटाउने स्ट्रेच मार्कस ?



अण्डाको सेतो भाग
अन्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । यसको उपयोग छालामा आउने स्ट्रेच मार्कस हटाउनमा पनि गर्न सकिन्छ । यदि अन्डालाई दही र महमा मिसाएर स्ट्रेच मार्कस भएको भागमा लगाउने हो भने क्रमस त्यो धर्सा हट्दै जान्छ ।

मोश्चराइजर
मोश्चराइजरको नियमित उपयोगले स्ट्रेच मार्कस कम हुन्छ । भिटामिन सियुक्र मोश्चराइज छाती, पेट, नितम्ब आदिमा गर्नुपर्छ । यसका लागि घिउकुमारीको जेल तथा जैतुनको तेल पनि उपयोग गर्न सकिन्छ ।

कागतिको रस
कागतिको रसमा ब्लीचिंग गुण पाइन्छ, जसको प्रयोग सौन्दर्यका लागि गरिन्छ । गर्भकालमा आएको स्ट्रेच मार्कस कागतिको रसले हटाउन सकिन्छ । यसका लागि ताजा कागति चाहिन्छ । उक्त कागतिको रस स्ट्रेच मार्कसमा लगाएर १० मिनेट छाड्ने । त्यसपछि हल्का तातो पानीले सफा गर्नुपर्छ । केहि समय नियमित यो विधी अपनाउनु पर्छ ।

बनस्पती तेल
बनस्पती तेल जस्तो कि, नरिवल तेल, जैतुनको तेल आदिले छालामा मोश्चराइज गर्नुपर्छ, स्ट्रेच मार्कस क्रमस हट्दै जान्छ । जैतुनको तेललाई तातो बनाउने र राम्ररी मसा जगर्ने । अर्को दिन बिहान तातो पानीले नुहाउने । यसमा नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । तेल छालामा राम्ररी लगाउने र त्यसमा प्लाष्टिक शीटले छोप्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्