महिलाहरूका लागि सुन्दरताको धेरै महत्त्व हुन्छ । सबै मानिस सुन्दर महिलाप्रति आकर्षित हुन्छन् । तर कहिलेकाहीँ यही सुन्दरता घाँडो बनिदिन्छ ।मिस बेलायत भइसकेकी कटरिना होजलाई यस्तै समस्या आइपर्यो । सुन्दरताकै कारण उनले रोजगारी गुमाउनुपर्यो ।
कटरिना १७ वर्षको उमेरमा सेनामा भर्ती भएकी थिइन् । उनले इराकमा युद्ध पनि लडिसकेकी छन् । तर उनको सुन्दरताका कारण उनलाई बारम्बार प्रताडित गरियो । अनन्तः उनले सेनाको जागिर त्याग्नुपर्यो ।अहिले ३० वर्ष भइसकेकी कटरिनाले सामाजिक सञ्जालमा मौनता तोड्दै सेनाका पुरुषहरूले आफूलाई दुःख दिने गरेको खुलासा गरिन् ।
आफू सुन्दर भएकैले आफूमाथि भद्दा टिप्पणी गर्ने गरिएको उनी बताउँछिन् । उनले गुनासो गरेको भएपनि वरिष्ठ अधिकारीहरूले कुनै अनुसन्धान नगरेको उनको भनाइ छ ।सेनाको व्यवहार लज्जास्पद भएको उनको भनाइ छ । उनलाई छाडा गाली गरिने गरेको अनि घिनलाग्दो नजरले हेर्ने गरिएको उनी बताउँछिन् । उनले हैरान भएपछि ब्यारेकमा गएर रुने गरेको बताइन् ।
आफूले कैयौं सैन्य अधिकारीहरूको ज्यान बचाएको भएपनि सहनै नसकेपछि जागिर छोड्नुपरेको उनको गुनासो छ ।