भारतमा पत्याउनै नसकिने अचम्मको घटना घटेको छ । बलात्कारीको लिङ्ग बोकेर एक पिडित महिला आफैँ पुलिस चौकी पुगेकी छिन्। ३२ वर्षिय एक महिलाले आफ्नै बहिनीका श्रीमान्ले थुप्रै दिनदेखी आफूमाथि जर्बजस्ती गर्न खोजेको आरोप लगाएकी हुन्। भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार सहन नसक्ने भएपछि उनले बलात्कारीको लिङग काटिदिइन्। उनले लिङ्ग नकाटेसम्म उक्त पुरुषको आक्रमण सहिरहनुपर्ने भएका कारण अन्तिम विकल्पका रुपमा यो कदम चालेको प्रहरीलाई बताएकी छिन्।
पिडितको उजूरीपछि सिद्धी जिल्लास्थित चौरहट क्षेत्रमा प्रहरीले बिहिबार बिहान ६ बजे खानतलासी गरेको थियो। तर प्रहरीले उपचारका थाल्नुअगावै उक्त व्यक्ति झुण्डिएको अवस्थामा फेला परे। महिलाले आफ्ना श्रीमान् नासिकमा काम गर्ने भएका कारण बहिनी र उनको श्रीमान्सँग बस्दै आएको प्रहरी समक्ष बताएकी छिन्। ‘जब उसले ममाथि जर्बजस्ती गर्यो। त्यसपछि मैलेँ पनि उसको लिङ्ग काटिदिए,’- महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । महिलाले बलात्कारको आरोप लगाएका पुरुष भने घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला परे। प्रहरीले हत्याको आशंकामा महिलालाई पक्राउ गरेको छ।
स्थानिय प्रहरी अबिद खान भन्छन्–‘यो निकै दुलर्भ घटना हो । त्यसैले यसको आवश्यक छानविन हुदैँछ ।’ प्रहरीले महिलाको मानसिक स्थिती अझै सुदृढ रहेको र उनले आफूले गरेको गल्तिमा कुनै पश्चाताप नमानेको बताएको छ।