हङगकङगमा एक दुर्लभ प्रकारको गुलाबी हिराको लिलामी ७.१ करोड डलरमा भएको छ । हिराको बिक्रिमा यो एक नयाँ विश्व रेकर्ड पनि हो ।
यी हुन् संसारकै सबैभन्दा महँगा ६ हिराहरु…
पिंक स्टार
अण्डाको आकार भएको यो हिरा ५९.६ क्यारेटको हो । सन् २०१३ मा यो बिक्रिका लागि आएको थियो, तर ग्राहकले मुल्य चुकाउँन अस्विकार गरेका थिए ।
ओपनहाइमर ब्लू
सन् २०१६ को मेमा ‘ओपनहाइमर ब्लू’ हिरा ५.०६ करोड डलरमा बिक्रि भएको थियो । यो १४.६२ क्यारेटको यस हिरा जेनेभाका क्रिस्टी ओक्सन हाउसले फोनको माध्यमबाट भएको लिलामीमा बेचेका थिए । यद्यपी, हिरालाई कसले किनेका थिए जानकारी छैन ।
ब्लू मून
सन् २०१५ नोभेम्बरमा एक औँठीमा लगाइएको १२.०३ क्यारेटको ‘ब्लू मून’ हिराको लिलामी भएको थियो । हंगकंगका व्यवसायी जोसफ लूले यसका लागि ४.८४ करोड डलर दिएका थिए । उनले आफ्नो ७ बर्षीय छोरीका लागि यो हिरा किनेका थिए र आफ्नो छोरीको नाममा यसको नाम ‘बू मून अफ जोसेफाइन’ राखे ।
सनराइज रुबि
गाढा रातो रंगको यस २५.५९ क्यारेटको ‘सनराइज रुबि’ जुहारतलाई एक व्यक्तिले ३ करोड डलरमा किनेका थिए ।
नारंगी हिरा
सन् २०१३ नोभेम्बरमा क्रिस्टी ओक्सन हाउसले ‘विश्वको सबैभन्दा ठूलो नारंगी हिरा’को लिलामी गरेको थियो । त्यस समय यो हिरा प्रति क्यारेट सबैभन्दा बढी मुल्यमा बिक्रि भएको थियो । यो हिरा १५.६ करोड प्रति क्यारेटको मुल्यमा बिक्रि भएको थियो ।
ग्राफ पिंक
२७.७८ क्यारेटको ‘चमकदार गुलाबी रंग’को यस हिरालाई अहिलेसम्म पाइएको केही सबैभन्दा ठूलो हिराहरुमा गनिन्छ । यसको लिलामी ४.६२ करोड डलरमा भएको थियो ।सन् २०१० नोभेम्बरमा लिलामीका लागि निकालिएको यो हिरो त्यस समयको सबैभन्दा महंगो मुल्यमा बिक्रि भएको मान्छि । यसलाई चर्चित ब्रिटेन डीलर लोरेन्स ग्राफले किनेका थिए ।