यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनको अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनमा पनि यस कुरामा रिसर्च गरिएको छ कि शरीरको कुन भागमा सबैभन्दा बढी आकर्षित गर्छ ।
शरीरको यी भागमा आकर्षित हुन्छन्, महिला
आँखा
पुरुषहरूको आँखाले सबैभन्दा पहिले र सबैभन्दा बढी महिलाहरूलाई आकर्षित गर्छ । थाकेको, रातो र डार्क सर्कल आँखाको समस्या भएमा महिलाहरू आकर्षित हुँदैनन् ।
ओठ र दाँत
सफा गुलाबी ओठमा देखिने मुस्कान र चम्किलो दाँत महिलाहरूले निकै मनपराउने गर्दछन् । कालो, सुख्खा, फोहोर एवम् पहेँलो दाँतले महिलाहरूलाई खराब प्रभाव पार्न सक्छ ।
कपाल
पुरुषको कालो चम्किलो कपाल, आकर्षक हेयर स्टाइलले महिलाहरूलाई आकर्षित गर्छ । यदि कपाल रुखो, फोहोर, सेतो छ भने खराब प्रभाव पार्न सक्छ ।
जुँघा र दाह्री
जुँघा र दाह्री पुरूषलाई आकर्षक बनाउँछ । बाक्लो दाह्री भएका पुरुष महिलाहरूले बढी रुचाउँछन् । दाह्री-जुँघाको कपाल स्वस्थ छैन र सेतो भैरहेको छ भने प्रभाव बिग्रन सक्छ ।
छाती र काँध
चौडा काँध र छाती, मस्कुलर शरीर, बलियो शरीरले महिलाहरूलाई चाँडो आकर्षित गर्छ । निकै दुब्लोपन वा मोटोपन, अस्वस्थ शरीर, झुकेको काँधले महिलाहरूलाई खराब प्रभाव पार्न सक्छ ।
त्वचा
पुरुषको सफा एवम् स्वस्थ चम्किलो त्वचा महिलाहरूलाई बढी आकर्षित गर्छ । सुख्खा, फोहोर, दुर्गन्धयुक्त वा रोगी त्वचा महिलाहरूलाई नजिक ल्याउनुको साटो टाढा बनाउँछ ।