युक्रेनको एक प्राइमटाइम टिभी शो अहिले संसारभर चर्चामा छ । चर्चा बढेपनि च्यानलको स्तर गिर्दो अवस्थामा छ । अहिले शोमा एक अचम्म लाग्दो क्राइम सिरिज सुरु गरिएको छ ।
यो सिरिजमा ११ बर्षकी एक बालिका आमा बनेपछि उनको परिवार र उनीसँग प्रश्नउत्तर गरिएको छ । यति मात्रै होइन सिरिजमा डिएनए टेस्ट परिक्षण पश्चात बच्चाको असली पिताको बारेमा खुलसा गर्ने जनाइएको छ
यो टिभी शो ‘इट कन्सन्र्स एवरीबडी’ मा ती बालिका आमा बनेको विषयमा क्राइम सिरिज फिचर गरिदैंछ । शो का होस्टले बालिकासँग बच्चाको पिताको बारेमो सोधेका छन् । शो मा आरोपी केटाको डिएनए टेस्ट पनि पेश गरिएको छ ।
जसबाट पत्ता लागेको छ की आशंका गरिएका उनका छिमेकी केटा बच्चाको पिता होइनन् । शो को अघिल्लो एपिसोडमा बच्चाको असली पिता को हो ? भन्ने बारेमा खुलसा गरिने बताइएको छ ।