रुकुम (पश्चिम) मा विद्यार्थीहरुले रुखबाट विद्युत निकालेका छन् । मुसीकोट नगरपालिका ५ शेरिगाउँमा रहेका मोर्डन रिसर्च कन्ट्रक्टसन एण्ड कन्सलटेन्सी प्रालिमा लेबल टु इलेक्ट्रिकल सव ओभरसियर पढिरहेका १० जना विद्यार्थीहरुले गुनामौरा नामक रुख र उक्त रुखमा रहेको लहराबाट विद्युत निकालेका हुन् ।
रुख र लहराबाट १९ भोल्टको बिद्युत निकालिएको बिद्यार्थी जयवहादुर नाथले बताए । अघिल्लो वर्ष स्याउँ र आलुबाट विद्युत निकालिएकामा यो वर्ष रुखबाट विद्युत निकालिएको हो । उनका अनुसार, तामा र फलामको प्रयोग गरी विद्युत निकालियो ।
फलफुलबाट विद्युत निकाल्न सकिन्छ भन्ने सुनेका यस प्रालिमा अध्यनरत अघिल्लो व्याजका विद्यार्थीहरुले तामा र फलामकै प्रयोग गरेर अघिल्लो वर्ष आलु र स्याउँबाट विद्युत निकालेका थिए । तर, रुखबाट विद्युत निकाल्न सकिने कुरा कतैपनि नसुनेका विद्यार्थीले परिक्षण गर्दै जादा विद्युत निकाल्न सफल भएका हुन् ।
रुखबाट फलेको फलबाट विद्युत निकाल्न सकिन्छ भने रुखबाट निकाल्न सकिन्छ कि नाई भनेर परिक्षण गर्दै जादा विद्युत निकाल्न सफल भएको प्रालिका कार्यकारी निर्देशक भुवन नाथ जलनले बताए । ‘हामीले जंगलमा गएर धेरै रुखमा परिक्षण ग¥यौं, उनले भन, विभिन्न १० ओटा भन्दा बढी रुखबाट बिद्युत निकाल्न सकिएन, तर अन्तिममा गुनामौराको रुख र उक्त रुखमा बेरिएको लहराबाट विद्युत उत्पादन भयो ।’
रुख र लहराबाट निकालिएको विद्युतलाई सँगै जोड्दा १९ भोल्टको बिद्युत निस्किएको थियाे । रुख र लहराको भित्रि भागबाट धनात्मक र बाहिरी भागबाट ऋणात्मक करेन्ट निस्कियाे ।
रुख र लहराबाट छुट्टा छुट्टै विद्युत उत्पादन गरिएको हो । तर, पछि रुख र लहराबाट निकालिएको विद्युतलाई सँगै जोड्दा १९ भोल्टको बिद्युत निस्किएको नाथले बताए । रुख र लहराको भित्रि भागबाट धनात्मक र बाहिरी भागबाट ऋणात्मक करेन्ट निस्किएको थियो ।
सामान्य खर्चमै रुख र लहराबाट विद्युत निकालिएको बताईएको छ । उनिहरुले मुसीकोट नगरपालिकाको खारादह भन्ने ठाउँमा रहेको जंगलमा गएर विद्युत निकाल्दै रुखबाटपनि विद्युत निकाल्न सकिन्छ भन्ने पुष्टि गरेका छन् ।
उर्जा संकट कम गर्ने उपाय
विद्युतका लागि जल र सौर्यमा भर पुर्न परिरहेको अवस्थामा यस्ता सम्भाव्यता खोज्न सकेमा उर्जा संकटलाई कम गर्न सकिने विद्यार्थीहरुको भनाई छ ।
राज्यले यसतर्फ ध्यान दिन सकेमा जलविद्युत र सौर्य उर्जामा मात्र भर पर्ने अवस्थाको अन्त्य हुन सक्ने विद्यार्थीहरुले बताए । आफुहरुले आफ्नै सोँचमा खोज गरेर रुखबाट विद्युत निकाल्न सफल भएकाेमा अब राज्यले नयाँ खोज गर्नेहरुलाई विशेष प्रोत्साहन दिन सक्नुपर्नेमा उनीहरुले जोड दिए ।
नयाँ–नयाँ खोज गर्छौ
अघिल्लो वर्ष नयाँ खोज गरेर फलफुलबाट विद्युत निकालेकामा यो वर्ष त्यो भन्दा अझै नयाँ खोज गरिएको प्रालिका कार्यकारी निर्देशक नाथले बताए ।
अब अर्को वर्ष झनै नयाँ खोज गरेर नयाँ उत्पादन गर्ने उनको भनाई छ । ‘केही नयाँ गर्न सकिन्छ भन्ने सोँचका साथ अगाडि बढिरहेको र सम्भव भएसम्म नयाँ नयाँ उत्पादन गर्दै जान्छौं, उनले भने, हाम्रो रिसर्च रोकिदैन अर्को वर्ष नयाँ उत्पादन गर्छौं ।’ (नयाँ पत्रिका)