झापा, ९ फागुन
यस वर्षको ‘गौरीशंकर स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार इन्द्रसिंह राजवंशीलाई प्रदान गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता गौरीशंकर खड्काको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि रू १५ हजार छ ।
खड्काको स्मृति दिवसका अवसरमा आज झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा पत्रकार राजवंशीलाई झापा क्षेत्र नं १ का सांसद सुरेन्द्र कार्कीले सो पुरस्कार प्रदान गर्नुभएको हो ।
पत्रकार राजवंशी २०५४ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
बिर्तामोड निवासी माओवादी नेता खड्काको २०६८ सालमा बोनम्यारो क्यान्सरका कारण निधन भएको थियो ।