सुर्खेत, ९ फागुन
प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ ।
प्रदेशसभाको चौथो बैठक यही फागुन १२ गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गरिएको हो ।
आजको बैठकमा महत्वपूर्ण प्रस्तावमाथि छलफल गर्नुपर्ने भएको हुँदा अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । आजको बैठकमा प्रदेशको राजधानी र प्रदेशको नामाकरणबारे छलफल गर्ने कार्यसूची थियो ।