प्रधानमन्त्री ओलीले भने – ६४ सदस्यीय मन्त्रिपरिषद बन्दैन



काठमाडौं, ९ फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमा नै मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । काठमाडौंको दहचोकस्थित कालु पाँडे समाधिस्थलमा पुगेका उनले भोलि पर्सिमा मन्त्रिपरिषद विस्तार हुने बताए ।

मन्त्रिपरिषदको आकार कत्रो हुन्छ भन्ने पत्रकारको प्रश्नमा एमाले अध्यक्षसमेत रहेका ओलीले ठट्यौली शैलीमा भने ‘कम्तीमा ६४ जनाको बन्दैन ।’

यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकार अहिलेसम्मकै सबैभन्दा ठूलो ६४ सदस्यीय बनेको थियो ।

बुधबार कालुपाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा संबोधन गर्दै ओलीले गढीहरुको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने बताए ।

प्रतिक्रिया दिनुहोस्