छोरो जन्माउने उपाय पत्रिकाले सिकाए पछि….



एजेन्सी – छोरा वा छोरी जन्माउने कुरा हामीले चाहेर हुने होइन विज्ञानले भन्छ बच्चाको लिंग पुरुषको शुक्रकिट र महिलाको डिम्बमा रहेको क्रोमोजोमले निर्धारण गर्दछ । महिलाको एक्स क्रोमोजोम र पुरुषको वाइ क्रोमोजोमसँग मिल्यो भने छोराको जन्मिन्छ भने एक्स एक्स अथवा वाइवाइ क्रोमोजोम मिल्यो भने छोरी जन्मिन्छ ।

तर भारतबाट प्रकाशित हुने पत्रिकाले भने छारा जन्माउने घरेलु तरिका सुझाएपछि त्यो खबर निकै चर्चा र बिबादको बिषय बनेको छ ।

छोरा जन्माउनका लागि लोग्ने स्वास्नीले के गर्नुपर्छ ? भनेर भारतको केरलाबाट प्रकाशित हुने मंगलम नामक उक्त पत्रिकाले छोरा जन्माउने उपाय भन्दै विभिन्न उपाय प्रकाशित गरेको छ ।उक्त पत्रिकाले छोरा जन्माउन चाहने महिलाहरुलाई पश्चिमतिर मुख बनाएर सुत्न भनेको छ । त्यस्तै उसले आमा हुने तयारीमा रहेका महिलाहरुले छोरा जन्माउनका लागि प्रसस्त खानेकुरा खानुपर्ने पनि अर्को एक सुझाब दिएको छ ।

उक्त पत्रिकाले बैज्ञानिक तथ्यलाई समेत चुनौती दिँदै छोरो पाउने घरेलु उपायका रुपमा विभिन्न टिप्स प्रकाशित गरेको छ । पत्रिकाकाले दिएको सुझाबहरु यस्ता छन् १, पश्चिम तर्फ मुख फर्काएर सुत्ने २, आमा बन्ने महिलाहरुले बिहानको खाजा छाड्नै नहुने ३, प्रसस्त खानेकुराहरु खाने ४, शुक्रकिट बलियो हुने हप्ताका केही बारमात्र सेक्स गर्ने ५, अमिलो खालका खानेकुरा नखाने पनि तर विज्ञहरुका अनुसार शुक्रकिटको शक्ति कम बढि हुनुले बच्चाको लिंगमा असर गर्दैन ।

प्रतिक्रिया दिनुहोस्