मन्त्रिपरिषद् बैठक बस्दै, आजै सरकारले पूर्णता पाउन सक्ने



काठमाडौं : मन्त्रिपरिषद् बैठक केही बेरमा बस्ने भएको छ । मन्त्रालयको नाम र मन्त्रालयको कार्यभार टुंग्याउन केही बेरमा बैठक बस्न थालेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाहेक केन्द्रीय सरकारमा १७ वटा मन्त्रालय राख्ने तयारी भएको छ । मन्त्रालयको नाम र कार्यभार टुंग्याउन बैठक बस्न लागेको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार आजै सरकारले पूर्णता पाउन सक्ने बताइएको छ । मन्त्री आंकक्षी व्यवस्थापन गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मन्त्री पठाउने छन् । केन्द्रीकृत शासन प्रणालीअनुसार स्थापना भएका ३० वटा मन्त्रालय गाभिएर १७ वटामा सीमित हुने भएका हुन्।

प्रतिक्रिया दिनुहोस्