पेरिसको पर्यटनमा सन् २०१७ मा उल्लेख्य सुधार



पेरिस, ११ फागुन,

पेरिसमा आतङ्कवादी हमला भएको दुई बर्षपछि सन् २०१७ मा फ्रान्सको राजधानी शहर पेरिसले उल्लेख्य सङ्ख्यामा भ्रमण गरेका बताइएको छ ।

सन् २०१५ को नोभेम्बरमा पेरिसमा आतङ्कवादी हमलाका कारण लागेको घाउ विस्तारै निको भएको महशुस  पेरिस भ्रमणका लागि उल्लेख्य होटेल बुकिङ भएको तथ्याङ्क बिहीबार सार्वजनिक भएसँगै भएको छ ।

सन् २०१६ को तुलनामा पेरिसका होटेल बुकिङ गराउने आन्तरिक तथा वाह्य पर्यटक सङ्ख्या २९ लाख बढी भएको तथ्याङ्कले देखाएको छ । यसबाट पेरिसको पर्यटन क्षेत्रमा ९.५ प्रतिशत आम्दानी थपिएको छ । बढेको पर्यटक सङ्ख्याबाट हुने कमाइबाट दुई अर्ब अमेरिकी डलर बराबर फाइदा पुगेको, पेरिस क्षेत्रमा कार्यरत पर्यटन समितिले बताइएको छ ।

समितिले भनेको छ, “सन् २०१७ मा अधिल्लो बर्षको तुलनामा पर्यटनमा चामत्कारिक रूपमा सुधार देखिएको छ ।”

पछिल्लो बर्ष खासगरी समूद्रपारबाट आउने पर्यटकको सङ्ख्यामा १३.७ प्रतिशतले वृद्धि भएको छ । आन्तरिक पर्यटकको सङ्ख्यामा पनि उक्त समयमा ५.९ प्रतिशतले वृद्धि देखिएको जनाइएको छ ।

ज्योतिको शहर भनिने पेरिसमा चिनियाँ, जापानी, अमेरिकी तथा जर्मन पर्यटकले उल्लेख्य भ्रमण गर्ने गरेकोमा पेरिसमा भएको आतङ्कवादी हमलाले यसलाई प्रभावित तुल्याएको थियो । तर यो विस्तारै पूरानो भएको र पेरिसको सुरक्षा अवस्था पनि निकै सुधार भएकाले विदेशी तथा स्वदेशी पर्यटकको आवतजावत ह्वात्तै बढेको हो ।

यस बर्ष पनि अन्य बर्ष झैँ पेरिस भ्रमणमा आउने अमेरिकी पर्यटकको सङ्ख्या नै देखिएको छ । फ्रान्समा गत बर्ष २४ लाख अमेरिकीले भ्रमण गरेका थिए भने दोस्रोमा यो भन्दा निकै कम ११ लाख चिनियाँ पर्यटकले भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्