पर्यटन गन्तव्यको सदुपयोगमा जोड



काठमाडौँ, १२ फागुन

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नेपालमा पर्यटनका गन्तव्यलाई सदुपयोग गर्दै धेरै पर्यटक भित्र्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पोखरेलले अब सरकारको  ध्यान पर्यटन विकासमा जाने स्पष्ट गर्नुभयो ।

कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन व्यवसायमा देखिएका समस्या निराकरण गरी अघि बढ्नुपर्ने बताउनुभयो । संगठनका अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन व्यवसाय फस्टाउनका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने माग गर्नुभयो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्