अमेरिकी पुर्व राष्ट्रपति क्लिन्टन युएइमा



दुबई, १२ फागुन

संयुक्त अरब इमरेटस् (युएई)का उप सर्वोच्च कमाण्डर  सेख मोहम्मद जायेद अल नाह्यानसँग अमेरिकाका पुर्व राष्ट्रपति विल क्लिन्टनले भेटवार्ता गर्नुभएको छ ।

युएइको भ्रमणमा रहनु भएका क्लिन्टनले बिहीबार गर्नु भएको भेटवार्तामा दुई देशको आपसी सम्वन्धबारेमा छलफल गर्नुभएको थियो ।

दुई देशकाबीचमा कडा सम्वन्ध रहेको र आगामी दिनमा पनि सुमधुर सम्बन्ध बनाउदै लैजान साझा चासोका विषयमा उहाँहरूले छलफल गर्नुभएको हो ।

राज्यद्वारा सञ्चालित वाम नामक समाचार संस्थाले उहाँहरूका बीचमा भएको छलफलमा अमेरिकाका लागि युएइका राजदूत योसेफ अल ओटैबा र अबुदाबीको उच्च् अदालतका उपसचिव मोहम्मद मुबारक अल मज्रोइ पनि सहभागी हुनुभएको थियो ।

क्लिन्टन सन् १९९३ देखि २००१ सम्म अमेरिकाको राष्ट्रपति हुनुभएको थियो । उहाँलाई अमेरिकामा ४२औं राष्ट्रपति मानिन्छ ।

लामो समय देखि युएइमा उहाँ व्यापार र शिक्षा सम्वन्धि सम्मेलनको नियमित वक्ता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्