‘दुस्मन’ को स्वागत किन ?



दक्षिण कोरिया र उत्तर कोरियाबीच दशकौँको शत्रुता शीतकालीन ओलम्पिकको बहानामा कम हुँदै गएको देखिँदै छ । एक उत्तर कोरियाली जनरल किम योङ चोललाई दक्षिण कोरियाविरुद्ध आक्रमणको योजना बनाउने कार्यका लागि जिम्मेवार मान्ने गरिन्छ । यसका बाबजुद आइतबार किम योङलाई दक्षिण कोरियामा स्वागत गरिँदै छ ।

किम योङ दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिकको समापन समारोहमा उत्तर कोरियाली प्रतिनिधिमण्डलका प्रमुखका रूपमा दक्षिण कोरिया पुग्दै छन् । किम योङ उत्तर कोरियामा सबैभन्दा माथिल्लो तहका सैनिक अधिकारीमध्ये एक हुन् । उनी लेबर पार्टीको केन्द्रीय समितिमा उपाध्यक्ष पदमा आसीन छन् । साथै, उनी देशको गुप्तचर सेवा प्रमुख पनि रहिसकेका छन् । उनको प्रतिनिधिमण्डल दक्षिण कोरियामा तीन दिनका लागि रहनेछ । र, उनको दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसित भेटघाटको सम्भावना पनि छ । यसबाट दुवै देशबीचको तनाव केही कम हुने आशा गर्न सकिन्छ ।

सम्बन्धमा सुधारको आशा
यद्यपि, किम योङको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का ट्रम्पसित भेटघाट हुने भने कुनै संकेत छैन । इवान्काले अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेकी छिन् । शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले भाग लिएका थिए ।

ओलम्पिकमा उत्तर कोरिया सामेल हुनु र किम योेङ दक्षिण कोरिया जानुलाई दुवैको सम्बन्धमा सुधारका रूपमा हेरिँदै छ । यसमा कैयौँ अवसरमा किम योङ चोलले प्रमुख भूमिका निभाएका छन् । सन् १९४५ मा जन्मेका जनरल किम योङले आफ्नो करिअरको सुरुआत एक प्रहरी एकाइमा गैरसैनिक क्षेत्रबाट गरेका थिए । गैरसैनिक क्षेत्रका बाबजुद यसलाई संसारकै तनावपूर्ण सिमाना मान्ने गरिन्छ ।

आफ्नो करिअरका क्रममा किम योङले उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धसित जोडिएका कैयौँ पदमा रहेर काम गरे । उनले १९९० र २००० मा दुवै देशका प्रतिनिधिमण्डलबीच भएका कैयौँ बैठकमा भाग लिएका थिए । किम योङ उत्तर कोरियाली सेना र कूटनीतिक सम्बन्ध क्षेत्रका चिरपरिचित अनुहारमध्ये एक हुन् । यसका केही खास कारण पनि छन्, जुन पर्याप्त विवादित पनि रहे।

दक्षिण कोरियाविरुद्ध कैयौँ आक्रमणको योजना बनाउने कार्यका लागि जिम्मेवार मानिने किम योङलाई दक्षिण कोरियामा स्वागत गरिँदै छ

जासुसी र आक्रमण
२० भन्दा बढी वर्षसम्म किम योङ उत्तर कोरियाली गुप्तचर सेवाको महत्वपूर्ण अंग रहेका थिए । १९९० को दशमा उनी रक्षा मन्त्रालयको जासुसी कार्यालयका पहिलो उपनिर्देशक थिए । यसपछि २००९ मा उनलाई जनरल रिकग्निसन ब्युरो (आरजिबी) का निर्देशक बनाइयो । यो अमेरिकाको सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सिआइए) जस्तै संस्था हो । यसै वर्षको सुरुआतमा उत्तर कोरियाले आफ्ना कैयौँ गुप्तचर एजेन्सीलाई आरजिबीमा समाहित गरेको छ ।

२०१० मा किम योङको नेतृत्वमा आरजिबीमाथि दक्षिण कोरियामा लगातार कैयौँ आक्रमण गरेको आरोप लगाइएको थियो । यसमा जहाज च्वानान करबोटको डुबान पनि सामेल छ । २६ मार्चमा भएको यस घटनामा दक्षिण कोरियाका ४६ नाविक मारिएका थिए । सोही समयमा उत्तर कोरियाबाट भागेका एक उच्च अधिकारीको हत्याका लागि कथित रूपमा दुई उत्तर कोरियाली एजेन्टलाई दक्षिण कोरिया पठाइएको थियो । ती एजेन्टले आफूहरूलाई आरजिबीले पठाएको बताएका थिए र उनीहरूलाई यो काम किम योङले व्यक्तिगत रूपमा सुम्पेका थिए ।

सत्तासित निकट
जनरल किम योङलाई उत्तर कोरियामा सत्ताधारीसितको निकटताले विशेष महत्व दिने गरिन्छ । उत्तर कोरिया लिडरसिप वाचका अनुसार किम योङ उत्तर कोरियाका पूर्वराष्ट्रपति किम जोङ इलका बडिगार्ड थिए । इल किम जोङ उनका पिता थिए ।

२०१० मा लेबर पार्टी (पिटी) को तेस्रो कन्फ्रेन्सका क्रममा किम योङ उत्तर कोरियाली नेता किम जोङ उनकी काकी तथा पिटी सेक्रेटरी किम क्योङ हुई र उपरक्षा मन्त्रीसित बसेका थिए । यसैगरी २०१२ मा उनलाई किम जोङ उनका साथमा सीमामा तैनाथ सैनिक बलको भ्रमण र निरीक्षणको क्रममा कैयौँपटक देखिएको थियो ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी)
बिबिसी डट कम /हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्