मानिसको लागी बिहे सर्व स्विकार्य कुरा हो । संसारमा कमै मात्र यो सम्बन्ध नजोड्ने भेटिन्छन् । भनिन्छ कोहिलाई बिहेपछि फलिफाव हुन्छ त कोहिलाई अफ्ठ्यारा दिनहरु सुरु हुन्छन् । कतिको भाग्य चम्किन्छ, बिहेले लागिरहेको कर्म थप चम्किँदै जान्छ कोहि कर्म क्षेत्र नै छाडेर अन्तै पलायन हुन्छन् । फिल्म क्षेत्रसँग जोडिएका कलाकर्मीहरुलाई पनि यो कुराले राम्रै छुन्छ ।
चर्चा गरौं बैवाहिक सम्बन्ध गाँसेपछि अभिनय यात्रा नै छाडेर गुमनाम भएका पाँच अभिनेत्रीहरुको । कोहि राम्रै चलिरहेका त कोहि राम्रो संभावना बोकेर उदाएका अभिनेत्रीहरु जब बैवाहिक सम्बन्धमा गाँसिए त्यसपछि एकाएक हराए ।
गरिमा पन्त
तस्विरमा गरिमा पन्त यो तस्विर उनको फेसबुकबाट लिइएको हो ।
अभिनेत्री गरिमा पन्त नेपाली फिल्म शुभचिन्तकहरुमाझ राम्रै परिचित नाम हो । दर्जनौं फिल्ममा अभिनय गरेकी गरिमाको पछिल्लो पटक ३ बर्ष पहिले जस्तो रिलिज फिल्म ‘झोला’ले भाग्य चम्कायो, चौतर्फी वाहि वाहि मात्र पाईनन् देश तथा विदेशका सम्पन्न विभिन्न अवार्ड समारोहहरुमा एकछत्र कब्जा जमाईन् । तर अभिनयमा राम्रै अब्बल उनै गरिमाले गत बर्ष बिहे गरिन् । अब फिल्म क्षेत्रमा नआउने प्रकारका प्रतिक्रिया दिईसकेकी छिन् । युरोपमा बस्दै आएका गैर आवासिय नेपाली हरी शर्मासँग लगनगाँठो कसेपछि उनि उतै रमाईरहेकी छिन् ।
रेजिना उप्रेती
२०७० फागुनमा प्रेमी सुरज पोखरेलसँग बिहे गरेपछि गृहस्थ जीवनमै रुमल्लिएकी रेजिना यतिबेला अभिनय तथा निर्माणबाट टाढा छिन् । थुप्रै फिल्ममा अभिनयमा देखिएकी रेजिनाले ‘वरदान’ नामक फिल्ममा लगानी समेत गरिन् तर वरदानले वरदान दिएन् । त्यसपछि बिहेलाई सेफ ल्याण्डिङ रोजेकी यी अभिनेत्री चलचित्र कलाकार संघ निर्वाचित उपाध्यक्ष समेत छिन् । तर संघमा नाम जोडिनु बाहेक बिहेपछि उनको अन्य सकृयता पाईँदैन् ।
सुमिना घिमिरे
‘दुलही’ डेब्यू गर्ल सुमिना घिमिरे उदाउँदा नेपाली फिल्म क्षेत्रमा नयाँ संभावना बोकेकी अभिनेत्रीको आगमन भएको चर्चा चल्यो । पहिलो फिल्मबाट उनले वाहि-वाहि पनि पाईन् । तर त्यसपछि धमाधम केहि फिल्म गरेकी सुमिनाले दुई बर्ष पहिले बिहे गरिन् त्यसपछि कहाँ गईन के गरिन् दर्शकलाई पत्तो सम्म छैन् ।
जानकारीमा आएअनुसार उनि अहिले एक सन्तानकी आमा बनिसकेकी छिन् गृहस्ती जीवन जिउँदैछिन् ।
अरुणिमा लम्साल
निखिल उप्रेतिसँगको बेडसिनमा नायिका अरुणिमा लम्साल ।
बिहेपछि अमेरिका पलायन भएकी अरुणिमाले यतिबेला त पतिलाई डिभोर्स समेत दिईसकेकी छिन् । एक सन्तानकी आमा अरुणिमा जुन समयमा बिक्न छोडिन् दर्शकले विश्वास गर्न छोडे त्यहि समयमा विहे गर्ने अभिनेत्रीमा पर्छिन् । त्यस लगत्तै उनि अमेरिका हानिईन् । अहिले उनि उतै रमाईरहेकी छिन् । फिल्म बनाउने खेल्ने भन्ने केहि जानकारीमा छैन् ।
ऋचा घिमिरे
‘ब्ल्याक व्यूटी’ ऋचा घिमिरेले निर्देशक शंकर घिमिरेसँग बिहे गरिन् । बिहेपछि पतिसँगै मिलेर ‘तुलसी’, ‘वीष’ लगायतका फिल्म समेत बनाइन् । त्यसपछि बच्चा जन्माउने समयमा उनिहरु दुबै अमेरिका भाषिए । ‘तुलसी’ अहिलेसम्म रिलिजसम्म भएको छैन् । पाँच बर्ष पहिले जस्तो बनेको यो फिल्मपछि ऋचा फिल्म भन्ने क्षेत्र होईन यो शब्दसँग नै टाढा छिन् भन्दा फरल नपर्ला ।