६० वर्षसम्म गर्भवती भएकी एक महिलाको गर्भबाट निस्कियो यस्तो बच्चा (भिडियो सहित)



एजेन्सी । आमा बन्नु भनेको कुनै पनि महिलाको लागि निकै ठूलो कुरा हो । तर कतिपय महिलाको लागि यो कुरा गर्व गर्न लायकको हुँदैन । सोच्नुहोस्, कि त्यो महिलाको के अवस्था भयो होला जो आफू स्वयम् ६० वर्षसम्म गर्भवती भएको कहिल्यै पत्तो पाइनन् । हो, यो घटना चिलीकी एस्टेला मेलेन्डेज (Estela Meléndez)को साथमा घटेको थियो । उनको गर्भमा ६० वर्षसम्म बच्चा रहेको उनैलाई पत्तो थिएन ।

यस्तो थियो घटनाक्रम । चिलीको ला बोका (la boca) भन्ने सहरमा बस्ने ९३ वर्षीय एस्टेलालाई आफू कहिल्यै गर्भवती भएको सम्झना छैन । वास्तवमा एस्टेला ४१ वर्ष भएको बेलामा उनी गर्भवती भएकी थिइन् । तर उनले यो कुरा बझ्न सकिनन् । तर कुनै कारणवस् उनको मिसक्यारिज (गर्भपतन) हुन पुग्यो र त्यो मरेको बच्चा उनको गर्भमा नै रह्यो । त्यसपश्चात एस्टेला गर्भवती हुन सकिनन् ।

एस्टेला र उनका श्रीमान्
सन् २०१५ मा एस्टेला बिरामी भएको बेलामा उनको पेटमा निकै दुख्न थाल्यो । जब उनी डाक्टरकोमा उपचारको लागि गइन्, तब डाक्टरले उनको एक्स–रे गराए । एक्स–रे रिपोर्ट हेरेपछि डाक्टरलाई लाग्यो उनको पेटमा ट्युमर छ । तर छिट्टै नै ति डाक्टरलाई महशुस भयो कि एस्टेलाको गर्भमा रहेको पत्थर जस्तो देखिने त्यो चिज ट्युमर नभईकन ६० वर्ष पहिले उनको गर्भमा मरेको बच्चा थियो । त्यो बच्चा सुकेको अवस्थामा एस्टेलाको पाठेघरमा रहेको थियो । त्यसकारण पनि उनमा कुनै ठूलो शारीरिक समस्या देखिएन । तर जब उनलाई यो कुराको थाहा भयो तब उनी निकै डिसटर्ब्ड हुन पुगिन् ।

विज्ञानको भाषामा यसलाई लिथोपीडियन (Lithopedion) भनिन्छ ।
मानिसहरुलाई यसको विश्वास नहुन सक्छ तर मेडिकल भाषामा यसलाई लिथोपीडियन भनिन्छ । यस्तोमा बच्चा गर्भमै मर्छ तर मरेको भ्रुण यति ठूलो हुन्छ कि त्यसलाई शरीरले बाहिर निकाल्न सक्दैन । यस्तो अवस्थामा त्यो भ्रुण आमाको पाठेघरमा नै बस्दछ । यसबाट आमाको स्वास्थ्यमा कुनै ठूलो समस्या त देखिदैन तर कहिलेकाही पेट दुख्नु सामान्य हुन्छ ।

एस्टेलाले एक वेबसाइटसँगको अन्तरवार्तामा भनेकी छिन् की त्यो बच्चालाई गुमाउनु उनको लागि सधैँ नै दुःखको कुरा हुनेछ । जसको बारेमा उनलाई ६० वर्ष पछि मात्रै थाहा भयो । उनका श्रीमान्को मृत्युपछि मात्रै उनले यो कुरा थाहा पाएकी थिइन् । उनलाई कतिपय समयमा पेट दुख्ने गरेको भएपनि उनले त्यसलाई बुझ्न नसकेको एस्टेलाले अन्तरवार्तामा भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्