कता हराए प्रदेश १ का १०६ कर्मचारी



१३ फागुन आइतबार सम्म सात मन्त्रालय , प्रदेश सभा र प्रदेश प्रमुखको कार्यालयमा जम्मा १ सय ७ जना कर्मचारी मात्र हाजिर । एक नम्बर प्रदेशका सात मन्त्रालयमा १ सय ८१ कर्मचारीको दरबन्दिमा आइतबार सम्ममा ८२ जना मात्र हाजिर भएका छन । प्रदेश सभामा १४ जना मध्ये ३ जना र प्रदेश प्रमुखको कार्यालयका १८ मध्ये ४ जना हाजिर भएका छैनन ।

केन्द्रले प्रदेश नं. १ का लागि काजमा खटाएका कर्मचारी आईनपुग्दा अझै स्थापना भएका मन्त्रालय र प्रदेश सभाले चाहे अनुसारको काम गर्न सकेका छैनन् ।

खटाएका कर्मचारीहरु समयमै मन्त्रालयहरुमा हाजिर नहुँदा कार्यालयको व्यवस्थापनमा ढिला भैरहेको छ ।

कर्मचारी अभावकै कारण एक नम्बर प्रदेश सरकार बनेको दश दिन बितिसक्दा पनि मन्त्री र मन्त्रालयहरुले आफनो कामलाई तीब्रता दिन सकेका छैनन ।

एक नम्बर प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित सात वटा मन्त्रालयका लागि केन्द्रबाट एक सय ८१ जना कर्मचारीहरु काज दरबन्दिमा खटिएका छन ।

तर आइतबार सम्ममा सबै मन्त्रालयहरुमा ८२ जना कर्मचारी मात्र हाजिर भएका छन् ।

मुख्य मन्त्रीको कार्यालयका अनुसार अहिलेसम्ममा माथिल्लो तहका सचिव उपसचिव र अधिकृतहरु प्राय मन्त्रालयमा हाजिर भैसकेका छन ।

तल्लो तहका तर सुव्बा र कार्यालय सहयोगीहरु अझै आईपुगेका छैनन । एक नम्बर प्रदेशका प्रमुख सचिव यादब कोइरालाले कहाँ कहाँ को को कर्मचारीहरु आइसके भन्ने यकिन बिबरण आउने क्रम जारी नै रहेको संकलन भैनसकेको बताए ।

उनका अनुसार आइनपुगेका कर्मचारीहरुलाई सम्पर्क गरेर आउने नआउने निधो गरेर बिवरण दिन सबै मन्त्रालयहरुलाई निर्देशन भएको छ ।

प्रमुख सचिव कोइरालाले भने,– ‘आएका र नआउने कर्मचारीहरुको बिबरण दिन सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन गरेको छु, ।

मुख्य मन्त्रीको कार्यालयका अनुसार खटाएको ठाउँमा जान अटेर गर्ने कर्मचारीहरुलाई केन्द्र सरकारले कारबाही गर्ने जनाएपछि हाजिर हुन आउने कर्मचारीहरुको संख्या बढन थालेको छ । तर पनि अझै सबै कर्मचारीहरु हाजिर भैसकेका छैनन ।

खटाएका कर्मचारीहरु समयमै मन्त्रालयहरुमा हाजिर नहुँदा कार्यालय व्यवस्थापन हुन ढिला भैरहेको छ भने एक नम्बर प्रदेश सरकार बनेको दश दिन बितिसक्दा पनि मन्त्री र मन्त्रालयहरुले आफनो कामलाई तीब्रता दिन सकेका छैनन ।

कहाँ कति कर्मचारी आउन बाँकी
मुख्य मन्त्रीको कार्यालयमा ६ जना हाजिर हुन बाँकी
मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा २१ जनाको दरबन्दि छ । आइतबार सम्म यहाँ १५ जना कर्मचारी मात्र हाजिर भएका छन ।

समाजिक बिकास मन्त्रालयमा २० जना बाँकी
समाजिक बिकास मन्त्रालयमा ३२ जनाको काज दरबन्दि छ । यहाँ आइतबार सम्ममा सचिव बासु शर्मा पौडेल सहित १२ जना मात्र कर्मचारी हाजिर भएका छन ।

आन्तरिक मामिलामा ११ जना बाँकी
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा २३ जनाको दरबन्दी छ । यहाँ आज सम्ममा प्रदेश सचिव यज्ञबहादुर खत्री सहित ३ उपसचिव , अधिकृतहरु गरि जम्मा १२ जना कर्मचारी हाजिर भएका छन् ।

उद्योग, बन, वतावरण र पर्यटनमा २० जना बाँकी
उद्योग बन वतावरण तथा पर्यटन मन्त्रालयमा २९ जना कर्मचारी खटिएका छन् । आज सम्ममा सचिव किशोरचन्द्र गौतम सहित ९ जना मात्र हाजिर भएका छन् ।

अर्थमामिलामा ११ जना बाँकी
अर्थमामिला तथा योजना मन्त्रालयमा १८ जनाको दरबन्दि छ । तर आइतबार सम्म यहाँ सचिव प्र्रल्हादप्रसाद सापकोटा र ४ शाखा अधिकृत सहित जम्मा ८ जना मात्र कर्मचारी आइपुगेका छन् । सचिव गौतमले समान्यले खटाएका जति सबै कर्मचारी आइपुगेको र बाँकी रहेका अरु को को आउँदैछन भन्ने थाहा नभएको बताए ।

भूमी व्यवस्था तथा कृषीमा १३ जना बाँकी
भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालमा सचिव डा हरिबहादुर केसी सहित १६ जना कर्मचारी आज सम्म हाजिर भैसकेका छन् ।

बाँकी कर्मचारीहरु आउने नआउने कारण पत्ता लगाउन उनिहरुलाई सम्पर्क गर्न थालेको सचिव केसीले बताए । भने ,– ‘नआएका कर्मचारीहरुलाई धमाधम सम्पर्क गरेर टुंगो गर्न थालेका छौ ।’

भौतिक निर्माण तथा पुर्वाधार बिकासमा १९ जना बाँकी
भौतिक निर्माण तथा पुर्बाधार बिकास मन्त्रालयमा २९ जना कर्मचारीको दरबन्दि छ । आइतबार सम्ममा यहाँ सचिव सागर राई सहित १० जना कर्मचारी मात्र हाजिर भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा ४ जना बाँकी
प्रदेश प्रमुखको कार्यालयमा १८ जनाको काज दरबन्दि छ । आज सम्म यहाँ १४ जना जना कर्मचारी हाजिर भएका छन् । सचिव रामकृष्ण गुरागाईका अनुसार बाँकी ४ जना कर्मचारी सम्पर्कमा छैनन् ।

प्रदेश सभामा ३ जना बाँकी
प्रदेश सभामा १४ जना कर्मचारीको दरबन्दि छ । यहाँ आज सम्म ११ जना कर्मचारी हाजिर भएका छन् । बाँकी रहेका कर्मचारीहरु आउने क्रम जारी रहेको सचिव लोकबहादुर पनेरुले बताए । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्