कुन-कुन कम्पनी परे लालबाबुको कारबाहीमा ?



काठमाडौं : जब लालबाबु पण्डित मन्त्री हुन्छन् तब जनताले थाहा पाउनेगरी काम गरिहाल्छन् । उनी मन्त्री हुँदा कार्याकर्ता मात्र होइन, आम जनता खुशी हुन्छन् ।

त्यसैले त एमाले नेता लालबाबु ‘जनताका नेता’ बन्दै छन् । यसअघि सामान्य प्रशासनमन्त्री हुँदा तहल्का मच्चाएका लालबाबुले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हाले लगत्तै महत्वपूर्ण ‘एक्सन’ लिने घोषणा गरेपछि उनको चर्चा सुरु भएको छ ।

आइतबार मन्त्री पण्डितले वातावरणीय मूल्यांकन नगर्ने ठूला होटल, अस्पताल र उद्योगमाथि कारबाही सुरु गरेका छन् । नियम मिचेर पूर्वाधार बनाएर सञ्चालन भइरहेका सोल्टी, सिटी, द्ववारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारबाही सुरु गरेका छन्। भनि अन्नपुर्ण पोस्टमा खबर छ ।

छिट्टै मापदण्ड पूरा गर्न निर्देशन दिँदै पण्डितले वातावरणीय मूल्यांकन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गर्ने होटललाई एकएक लाख रुपैयाँ जरिवाना तिराएको स्वकीय सचिव ओसिम आलामले जानकारी दिए ।

होटलसँगै मन्त्री पण्डितको निशानामा सिमेन्ट उद्योगसमेत परेका छन् । अरनिको आबु सिमेन्ट उद्योगलाई ५० हजार जरिवाना तिराएका छन् । सँगै अस्पताल समेत पण्डितको कारबाहीमा परेका छन् ।

लालबाबुको निशानामा कुन-कुन कम्पनी ?

 

प्रतिक्रिया दिनुहोस्