भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग



लमजुङ, १४ फागुन

लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् ।

राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज गुरुङले बताउनुभयो ।

संयोजक गुरुङको टोलीले नगरपालिकाका उपप्रमूख धनकुमारी गुरुङको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ, प्रधानाध्यापक अम्बरबहादुर न्यौपानेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्