एजेन्सी । चर्चित बलिउड अभिनेत्री श्रीदेवीको निधनको कारण सुन्दरी देखिन गरिएका ‘सर्जरी’ रहेको केही विवरणहरु सार्वजनिक भएका छन् ।
शनिवार राति दुबईको होटलमा कार्डिक अरेस्टका कारण उनको निधन भएको थियो । तर, मृत्यु हर्ट अट्याकबाट उनको निधनको खबरलाई धेरैले पत्याउन सकेनन् ।
यसैक्रममा भारतीय सञ्चार माध्यमहरुले आफूलाई सुन्दर राख्न ठूलो मात्रामा एन्टी एजिङको औषधि सेवनका कारण श्रीदेवीको निधन भएको विवरण प्रकाशित गरेका छन् ।
ती सञ्चार माध्यमहरुले श्रीदेवीले आफूलाई जवान देखाउन करिब २९ पटक अप्रेशन गराएकी उल्लेख गरेका छन् । एउटा शल्यक्रिया बिग्रिएपछि साउथ क्यालिफोर्नियाको एक कस्मेटिक सर्जनको रेखदेमा श्रीदेवी औषधि लिइरहेका थिइन् ।