अण्डा कोरल्ने किशोर : विज्ञानलाई चुनौती(भिडियोसहित)



इन्डोनेसियामा एक किशोरले लगातार दुई वर्षदेखि अण्डा कोरलेर सबैलाई आश्चर्यमा पारेका छन् । चिकित्सकहरू पनि उनको यो विशिष्ट क्षमता देखेर हैरान परेका छन् ।

अकमल नामका यी किशोर १४ वर्षका भए र उनले चिकित्सककै अगाडि अण्डा दिएका छन् । अकमल र उनको परिवारले विगत दुई वर्षमा उनले २० वटा अण्डा दिएको दाबी गरेका छन् । आफ्नै आँखाअगाडि अकमलले अण्डा कोरल्दा चिकित्सकहरू पनि स्तब्ध भए । तर यसरी मानव शरीरबाट अण्डा बन्न सम्भव नरहेको चिकित्सकहरू बताउँछन् । केही मानिसले चाहिँ यो सब धोका भएको भनि अकमलले आफ्नो शरीरमा पहिलेदेखि नै अण्डा राख्ने गरेको बताएका छन् । अकमल र उनको परिवार अस्पताल गएर अकमलको एक्सरे पनि गराए तैपनि डाक्टरहरूले केही बुझ्न सकेका छैनन् । अकमलका पिताले चिकित्सकहरूलाई उनले यसअघि १८ वटा अण्डा दिइसकेको बताए । अनि उनले चिकित्सककै अगाडि दुईवटा अण्डा दिए । अकमलका पिता भन्छन्, ‘हामीहरूले अण्डा फुटाएर हेर्दा पूरै पहेंलो थियो । अनि अर्को अण्डा फुटाएर हेर्दा त्यो चाहिँ पूरै सेतो थियो ।’ अण्डा निस्कने अचम्मको रोगका कारण आफ्नो छोरो एकदमै समस्यामा परेको अकमलका पिता बताउँछन् । शेख यूसुफ अस्पतालमा चिकित्सकहरूको एक टोलीले अकमलमाथि निगरानी गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्