चर्चित कलाकार यादव देवकोटा ‘सरापे’ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘रोधि घरमा जाने’ बोलको भिडियोमा सरापेले रक्सी खाएको अभिनय गरेका छन् । सन्देशमुलक यस गीतमा गायक श्याम बुर्लाकोटी र नव गायिका अनिता छेत्रीको सुमधुर आवाज रहेको छ ।
सिर्जना सुर्य ईटनीको शब्द र गायक बुर्लाकोटीले नै गीतमा लय भरेका छन् । सागर गौतमले खिचेको उक्त भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका हुन् । भिडियो परेली फिल्मस्ले बजारमा ल्याएको हो । भिडियोमा सरापेसँगै शोभा भन्डारी र प्रतिमा राई र कृष्ण खरालले पनि अभिनय गरेका छन् । कृष्ण खरालकै प्रस्तुतीमा बनेको यस गीत सन्देशमुलनक बनाउन खोजेको खराल बताउँछन् । बिशेषगरी गाउँपरिवेशको समाजमा अहिलेपनि जाँडरक्सी खाएर घरमा समस्या दिने प्रवृति रहेकोले त्यस्तो परम्परा हटाउनका लागि पनि भिडियो निर्माण गरेको उनी बताउँछन् ।
खराल पछिल्लो समय सिनेमा निर्माणमा पनि जुटेका छन् । उनले निर्माण गर्ने ‘म्याड लभ’ सिनेमा पोखराबाट शुभमुर्हत भइसकेको छ । प्राविधिक कारणवस छायांकन रोकिएको र अब छिट्टै नै युरोपबाट छायांकन शुरु हुने निर्माता खरालले बताए ।