पुरुषले महिलाहरुलाई विभिन्न सपनाहरु बाँड्छन् अनावश्यक प्रसंगमा ढाँटेर प्रेम प्राप्तीको लालसा राख्छन् । अधिकांश पुरुषहरु ‘म तिम्रो लागि जे पनि गर्न सक्छु’ भन्नेसम्मका कुराहरु गर्न पछि पर्दैनन् । महिलाहरुलाई आर्कषित गर्न पुरुषहरुले ठूलाठुला भ्रमको खेती गर्दछन् । तर, महिलाहरु पुरुषका यी भयानक सपना भन्दा पनि अन्य कुराहरुले प्रभावित हुन्छन् । ती १० काम यस्ता छन्, जुन महिलालाई मन पर्छन् ।
१. जादुमय योजना
महिलाहरु विशेषगरी जादुमय योजना बनाउने पुरुषप्रति बढी आकर्षति हुने गर्दछन् । झिना विषयमा पनि महत्व दिएर योजना बनाउँदा महिलाहरु खुशी हुन्छन् । चाहे त्यो उनीहरुलाई घुमाउन लैजाने कुरा होस् वा अन्य जटिल विषयको समाधान गर्ने योजना । त्यो योजना सफलतापुर्वक पुरा गर्ने पुरुषहरु महिलाहरुको रोजाइमा पर्दछन् ।
२. एक अब्बल स्रोता
महिलाहरुको हरेक कुरा सुन्ने पुरुष उनीहरुको रोजाइमा पर्दछ । उनीहरु सानो सानो विषयलाई पनि गम्भीर भएर सुनाउन चाहन्छन् । उनीहरुले भनेको कुराको तारिफ गरिदिँदा खुशी हुने गर्दछन् । महिलाहरुलाई फूल, किताबm चक्लेटजस्ता साना साना कुराहरु गिफ्ट गर्न बिर्सनुहुदैन । यस्ता कुरालाई विशेष ध्यान दिइरहेका हुन्छन् ।
३. खुलेर कुरा गर्ने
खुलेर कुरा गर्ने पुरुषहरु नै महिलाको रोजाइमा पर्दछन् । उनीहरुलाई कुनै कुरामा भ्रम राख्न दिनु हुदैन । उनीहरुको भावनाको कदर गर्ने र हरेक कुराहरु सजलै शेयर गर्ने पुरुषबाट महिलाहरु खुशी हुने गर्दछन् ।
४. बेडरुममा हाबी हुने अवसर दिने
प्राय महिलाहरुले हरेक कुरामा आफ्नो विजय चाहन्छन् । त्यसमाथि बेडरुम भनेको महिलाहरुको हरेक दुखसुख साट्ने स्थान मानिन्छ । उनीहरुलाई बेडरुममा हाबी हुने अवसर दिने पुरुषबाट पनि महिलाहरु सन्तुष्ट हुन्छन् । उनीहरुसँग जिस्किने, उनीहरुको कुरामा जोड दिने पुरुष नै महिलाहरुको रोजाइमा पर्दछन् ।
५. भान्छामा सघाउने
भान्छाको काम गर्न पीर मान्ने पुरुष कहिल्यै महिलाको रोजाइमा पर्दैनन् । उनीहरुले भान्छामा आफूलाई सहयोगको अपेक्षा राखेका हुन्छन् । जसरी पुरुषहरुले आफ्नो व्यवसाय वा पेशाप्रति बफादार रहन्छन् त्यहि अनुरुप भान्छामा पनि बफादार भएर काम सघाउने पुरुषहरुलाई उनीहरुले मन पराउँछन् ।
६. शपिङ्को लागि तयार
जसरी अधिकांश पुरुषहरु खेलकुदमा शोकिन हुन्छन् , त्यसरी नै महिलाहरुको मुख्य शोक शपिङमा हुने गर्दछ । उनीहरुलाई सपिङ्का लागि के कति पैसा छ या छैन भन्ने विषयमा उनीहरुलाई सरोकार हुदैन । तर, शपिङ्का लागि तयार हुने पुरुषहरु नै महिलाको रोजाइमा पर्दछन् ।
७. हरेक कुरामा चासो दिने
प्राय आम पुरुषहरुले सानोतिनो कुरालाई वेवास्ता गरिरहेका हुन्छन् तर यस्ता पुरुषहरु महिलाको रोजाइमा पर्दैनन् । एकै विषयमा घोत्लिने पुरुषहरु पनि महिलाको रोजाइभन्दा बाहिर रहन्छन् । केही चाखलाग्दो विषय र सन्दर्भका कुराहरु गरिरहने पुरुषहरु नै महिलाहरुको आकर्षणमा रहन्छन् ।
८. सम्झौत गर्न सक्ने
महिलाहरुले जति आफूले त्याग गरेको छ त्यहि अनुरुप पुरुषहरुले पनि त्याग गर्न सकोस् भन्ने अपेक्षा राखेका हुन्छन् । उनीहरुले आफ्ना हरेक कुरामा सहमती गरिदिने पुरुषलाई नै बढी मन पराउँछन् । यसरी उनीहरुलाई सहमती गरिदिने पुरुष नै चाहिरहेका हुन्छन् । केही नयाँ कुरा सोच्न सक्ने र सिर्जनशील व्यक्ति नै महिलाहरुको आकर्षणमा पर्दछ ।
९. केयर र तारिफ गर्ने
हरेक महिलाहरुको सपनाको राजकुमार उनीहरुको धेरैभन्दा धेरै केयर गर्ने पुरुषहरु नै पर्दछन् । उनीहरुलाई हरेक अवस्थामा सुरक्षित महसुस गराउने पुरुषलाई उनीहरुले माया गर्दछन् । उनहिरुको सानो सानो कामको तारिफ गरिदिने पुरुषहरु नै प्रायको रोजाइमा पर्दछ ।
१०. डोमिनेट गर्ने
हरेक अवस्थामा आफ्नो जिद्दी गर्ने महिलाको स्वभाव भएपनि आफूलाई डोमिनेट गरिदेओस् भन्ने अपेक्षा राखेका हुन्छन् । आफूलाई बोलाउँदा होच्याएर बोलाउने, आफ्नो छुट्टै नाम दिने पुरुषहरु नै प्राय महिलाहरुको रोजाइमा पर्दछ । उनीहरुलाई माया गर्ने र रिसाउने अवस्थालाई बुझेर व्यवहार गर्ने खुबी भएको पुरुष नै उनीहरुको रोजाइमा पर्दछ ।एजेन्सी