रंगकर्मीका गसिपहरु प्राय रियलमा नभई रिलमा हुन्छ भन्ने त अब जगजाहेर नै छ । यहाँ पनि साच्चिकैक हात हालाहाल भन्दापनि दर्शकहरुको मनोरन्जलाई ख्याल गर्दै बिल्कुलै नयाँ गित बजारमा आएको छ ।
बजारमा विभिन्न थरीका गितहरुको आ-आफ्नै मार्केट छ । फरक गित कसरी दिने भन्नेमा गायक म्युजिककर्मीहरुको तछाडमछाड नै छ । त्यसै भिडमा लोक तथा दोहोरी गायकद्वय प्रिती आलेमगर र प्रकाश साउदको नयाँ लोक दोहोरी र्याप बजारमा आएको छ ।
हामी सर्वप्रथम यो जानकारी गराउछौँ कि यो लोक दोहोरी गीत होईन । दोहोरीको शैलीबाट प्रभावित भएपनि यसमा लोकदोहोरीको जस्तो थेगो (रहनी) र बाजाहरु प्रयोग गरिएका छैनन् । त्यसैले यसलाई दोहोरी व्याटल नाम दिईएको हो । भिडियो हेरिसकेपछि यसलाई नेपाली मौलिकता बोकेको लोकदोहोरी गीतसँग तुलना गर्ने खालको छ । (ओएस नेपाल)