संसारमा जन्मलिने प्राय: सबै जीवको अन्त्य हुन्छ। तर के तपाईले कहिल्यै कहिल्यै नमर्ने जीवको बारेमा सुन्नुभएको छ ? उक्त जीवको नाम हो टार्डिग्रेड्स। यो जनावरको आठ वटा खुट्टा रहेको हुन्छ।
पानीमा बस्ने यो जीव करीब एक मिलिमीटर वा त्योभन्दा पनि सानो हुन्छ। यो जीवमा रेडिएशन, एकदमै चिसो, सुख्खा मात्रै नभई अन्तरिक्षमा समेत बाच्न सक्ने क्षमता रहेको हुन्छ।
अनुसन्धानकर्ताका अनुसार यो टार्डिग्रेडका दुई प्रजातिका डिएनए डिकोड गरेर हेर्दा उक्त जीव सबै ठाउँमा कुसलपूर्वक बाँच्न सक्छ। पीएलओएस बायोलजी नामक जर्नलमा प्रकाशति गरिए अनुसार धर्तीको सबैभन्दा जुझारु र नमर्ने जीव उल्लेख गरिएको छ।