शनिबार राती हृदयघातका कारण ज्यान गुमाएकी बलिउडकी सदाबहार नायिका श्रीदेवीको निधन भएपछि उनका प्रशंसकहरुमा ठुलो चोट पुगेपछि प्रशंसक र कलाकारहरुले दुख ब्यक्त गरिरँदा श्रीदेवीका सौतनी छोरा अर्जुन कपुरसँगको सम्बन्धको कुरा पनि बाहिर आएको छ ।
बलिउडका अर्का चर्चित स्टार अनिल कपुरका आफनै दाई रहेका बोनीले जेठी श्रीमती मोनालाई सन् १९९६ मा डिभोर्स दिएर श्रीदेवीलाई दोस्रो श्रीमतीकोरुपमा भित्राएका थिए ।
बोनीको जेठी श्रीमतीबाट जन्मेका दुई सन्तानमध्येका एक हुन नायक अजुर्न कपुर । उनै अर्जुन र श्रीदेवीबीच कहिल्यै राम्रो सम्बन्ध नभएको भारतीय मिडियाहरुले विशेष स्थान दिएर समाचार छापेका छन् ।
एक अन्तरवार्तामा अर्जुनले श्रीदेवी आफनो आमा नभई बुवाको श्रीमती मात्र भएको बताएको खबरले सामाजिक संजालमा तरंग नै उत्पन्न भएको थियो । त्यस्तै फेरी अर्को अन्तरवार्तामा श्रीदेवीसंग अहिलेसम्म पनि फेस टु फेस कुराकानी नगरेको अर्जुनले बताएका थिए ।-ताजाखबरबाट