जानकी मान्दिरमाथि भारतको झण्डा ! यस्तो हुँदा पनि के हेर्दैछ सरकार ?



‘नेपालको प्रसिद्ध तिर्थ-धाम जनकपुरको जानकी मन्दिरमाथि भारतको झण्डा राखेर नेपालको स्वाभिमानमाथि प्रहार गर्ने काम भएको छ । भारतको झण्डा राखेको थुप्रै समय भैसक्दापनि प्रशासन मौन छ भने त्यहाँका अन्य राजनीतिक दलले समेत यसबारे कुनै चासो देखाएका छैनन् ।’

यता स्थानीय केहि युवा भने उक्त घटनादेखि आक्रोसित भएका छन् । हामीले नेपालको झण्डा राखौं भन्ने कुरा पनि गरेका हौँ । पहिला दुवै देशको झण्डा थियो , अहिले नेपालको झण्डा फालिएको छ । तर हाम्रो ज्यानमाथि नै ‘रिस्क’ हुने भएपनि हामीले केहि गर्न सकेका छैनौँ । स्थानीय नरेन्द्र यादवले भने ।

उक्त ठाउँमा भरत र नेपालको झण्डा भएको तर केहि समयमा नेपालको फालेर भारतको मात्र राखेको स्थानियहरुको भनाइ छ । नेपालको स्वाभिमानमा यत्रो धक्का पर्दासमेत स्थानीय प्रशासन भने मौन बसेको छ । (पाथिभरा टिभी)

प्रतिक्रिया दिनुहोस्