नेपालगन्जमा ६६७ वटा विकास योजना सञ्चालन



नेपालगन्ज, १५ फागुन

नेपालगन्ज उपमहानगरपालिकाले ६६७ वटा विकास योजना सञ्चालन गरिरहेको जनाएको छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाका अनुसार योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्रे, ढलनिकास, फोहरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साइड र आधुनिक वसपार्कको निर्माण, फुटपाथ व्यवस्थापन, तालतलैया मर्मतसम्भार र सामाजिक विकास कार्यक्रमलगायत छन् ।

त्यसैगरी नगरको साँघुरो कान्जीहाउसको सट्टा ठूलो कान्जी हाउस र गौशाला निर्माण, छाडा चौपाया नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतका कार्यक्रम पनि योजनामा राखिएको नगरपालिकाले जनाएको छ ।

योजनाअन्तर्गत वडा/वडामा विकास निर्माण र सामाजिक विकासका कार्यक्रम सञ्चालनका लागि कूल २३ वटा वडा कार्यालयका लागि करिब  रु १८ करोड बजेट विनियोजन गरिएको पनि नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्