वृद्धाआश्रमको पूर्वाधार निर्माणका लागि महापुराण



तुलसीपुर, १५ फागुन

केशवराज झुपाकुमारी वृद्धाआश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा महापुराणको आयोजना गरिने भएको छ ।

जेष्ठ नागरिक समाज तुलसीपुरको आयोजनामा हुने सो महापुराण यही फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने समाजका अध्यक्ष खुमानन्द अधिकारीले जानकारी दिनुभयो ।

महापुराणबाट रु ३० लाख संकलन गर्ने लक्ष्य लिएको र सोही रकमबाट वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उहाँले बताउनुभयो । महापुराणको प्रमुख वाचकका रुपमा रवीन्द्र कृष्ण अधिकारी रहनुहुनेछ ।

तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा सो वृद्धाआश्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्