सलमान खानको ‘दबाग द टुर’ गम्भीर संकटमा… (भिडियो सहित)



अबको केहि दिन बाकीं छ टुडिखेल मैदानमा छिमेकी देश भारतका नायक सलमान खान सहितको जम्भो टोलिले नेपाली अर्बौ रुपियाँ लिएर केहीबेर हामीलाई मादक पदार्थको गुनगान गाउदै हामीलाई मनोरञ्जन दिने छन्.यता युवायुवाती सलमान खानसंग मुख चुच्चो बनाएर तस्बीर खिच्न पाउने आशमा सामाजिक संजालमा आयोजकले भनेको झैँ तस्बिर खीचिरहेका छन्.यो कस्तो बिज्ञापन हो मादकपदार्थ पीए बापतको उपहार सलमान खानसंग मुख चुच्चो बनाएर तस्बीर. यसको धेरैले बिरोध गरेका छन् l

यता कार्यकम नजिकिँदै जादा भारतले नेपाल र नेपाली माथि गर्दै आएको दमनका कारण होला धेरैलाई उत्साहा छैन.किनकि नेपालीलाई औषधि देखी ग्यास रोकेर सामुहिक हत्याको प्रयास गर्ने भारत अनि मानबीए धर्म पनि नहेर्ने देशको कलाकारलाई नेपालीले किन यति धेरै खर्च गररे लाउने पर्ने प्रश्न सामाजिक संजालहरुमा उठेको छ . नेत्रविक्रम चन्द विल्पब नेतृत्वको नेकपा माओवादीले भारतीय नायक सलमान खानको नेपालमा हुने भनीएको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ। विप्लव माओवादीले सलमानको कार्यक्रमले अनाबश्यक मदिराको प्रचार प्रसारको साथै तडक भडकको लागि दशौं हजारको टिकट बेचेर गर्न लागीएको कार्यक्रम आफुहरुलाई मान्य नभएको भन्दै तुरुन्त कार्यक्रम रोकीनु पर्नेमा जोड गरेका छन् ।

नेपाली कलाकार प्रियंका कार्की,अलिशा राइ र स्वोस्तीमा खड्काले नेपालीहरुको स्वाभिमान दाउमा राखेर सलमानको पछाडी हिन्दी गितमा ननाचने भनेर बहिष्कार गरेका छन् .यसकारण पनि कार्यकम संकटमा परेको छ. भिडियोमा हेर्नुहोस कार्यकम बन्द नगरे जस्तो जे कारबाही गर्ने धम्की समेत आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्