भोजनसँग यौन साट्दै सिरियाली महिला !



एजेन्सी । सिरियाका महिलाहरुको राहत शिविरमै यौन दुर्व्यवहार हुने गरेको एक अध्ययनले देखाएको छ ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरुलाई राहत पुर्‍याउने पुरुष राहतकर्ताले सिरियाली महिलामाथि यौन दुर्व्यवहार गरेको खुलासा भएको हो । तर संयुक्त राष्ट्र जनसंख्या कोषले भने यसबारे कोही कसैले जानकारी नदिएको बताए ।

‘अहिले सिरियाली महिलाहरु राहत शिविरमा जान नै चाँहदैनन्’, सिरियाका उद्धारकर्ताहरूले भने, ‘उनीहरुले राहतको दिने बहानामा यौन शोषण गरे ।’

संयुक्त राष्ट्र जनसंख्या कोषले पनि यसलाई स्वीकार गर्दै मद्दत सामग्रीको सट्टा महिलाहरुलाई शोषण गरिरहेका छन् । त्यहाँको एक रिर्पोटमा भनिएको छ, ‘महिलाहरुलाई यौन शोषण गर्ने र केही समय विवाहको नाटक गरेर विचल्ली पार्ने गरेका छन् । उनीहरुले राहत लिन गएका महिला तथा युवतीसँग फोन नम्बर लिने र फोनबाट बोलाएर यौन शोषण गर्ने गरेका छन् ।’

सिरियामा अहिले ४० प्रतिशत महिला यौन हिंसाको सिकार भएको समेत रिर्पोटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्