अदालतसामू आत्मसमर्पण टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी पूर्पक्षका लागि जेल चलान भएका छन् । उनलाई धनगढी कारागारमा राखिएको छ । टीकापुर घटनापछि फरार चौधरीले सोमबार विहान अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै न्यायाधीश परशुराम भट्टराईको इजलासले भएको बयानमा चौधरीले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् ।
बहसका क्रममा उनका वकिलले सांसदको चुनाव जितेका उनलाई तारेखमा छाड्नुपर्ने तर्क गरेका थिए । तर, अदालतले चौधरीले अभियोग इन्कार गरे पनि लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका अभियुक्तहरुले उनकै नेतृत्व र योजनामा घटना भएको हो भनी बयान दिएको तथा सरकारी वकिलले पेश गरेको प्रतिवेदनका ‘हृदयविदारक तथ्य’ आधारमा चौधरी कसुरदार छैनन् भन्न नसकिने भन्दै थुनामा राख्न आदेश दिएको छ । साथै आजबाट उनि प्रहरी थुनामा रहने छन् ।
सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई लखेटीलखेटी घरेलु हतियार पेटमा उनेर मरेका थिए अझ आँगनमा खेलिरहेका नाबालकलाई समेत मारेका थिए l यतिमात्र कहाँ होर प्रर्दशनकारीको आक्रमणबाट घाइते सशस्त्र प्रहरीलाई एम्बुलेन्सबाट अस्पताल लगिँदै गर्दा थुतेर हत्या गरेका थिए l अन्तत पाप धुरीबाट कारयो,रेशम चौधरी प्रहरीको चिसो खोरमा हेर्नुहोस यसरी जेलमा हालियो ।