श्रीदेवीको अन्तिम श्रदाञ्जलि शोकमा शाहरुख देखि सलमान सायद कसैको आखा ओभानो थिएन (भिडियो सहित)



मंगलबार राती उनको पार्थिव शरीर दुबईबाट मुम्बईस्थित उनको घर ग्रीन एकर्समा लगिएको थियो । अन्तिम दर्शनका लागि श्रीदेवी आज लोखंडवालाको सेलिब्रेशन स्पोट्र्स क्लबमा राखिएको छ । अन्तिम संस्कार मध्यन्ह चार बजेको आसपासमा हुने बताइएको छ । दुई बजे उनको शवयात्रा सुरु गरिने कार्यक्रम छ ।

श्रीदेवीको परिवारले मिडिया, फिल्म जगत र प्रशंसकहरुका लागि प्रार्थनाको लागि केही समय छुट्याएको छ । उनका प्रशंसकले विहान ९:३० देखी १२:३० सम्म श्रद्धाञ्जलि दिन सक्नेछन् ।

अहिले श्रद्धान्जलीका लागि राखिएको सेलिब्रेशन स्पोट्र्स क्लब श्रीदेवीको घरबाट एक सय मिटरको दुरीमा छ ।

अन्तिम दर्शनका लागि पुगे सेलिब्रेटी

श्रीदेवीकेा अन्तिम दर्शनका लागि हेमा मालिनी, ईशा देओल, सुश्मिता सेन, ऐश्वर्य राय, अक्षय खन्ना र उर्वशी रौतले जस्ता सेलिब्रेटी पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्