पत्रकारलाई खसी कप



तुलसीपुर, १७ फागुन

फागुपर्वका अवसरमा रेडियो ‘हाम्रो पहँच’ तुलसीपुरको आयोजनामा आज बिहान भएको खसीकप मैत्रीपूर्ण फुटबल प्रतियोतिताको उपाधि पत्रकारको समूहले जितेको छ ।

रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारबीच भएको प्रतियोगितामा पत्रकार समूहले ६–२ गोल अन्तरले खेल जितेको हो । पुरस्कारका लागि समाजसेवी तुलसीपुर निवासी टोपबहादुर कहतराले रु ११ हजार मूल्य बराबरको खसीको व्यवस्था गर्नुभएको थियो ।  विजयी टोलीलाई रेडियो हाम्रो पहुँचका अध्यक्ष शुक्रराज भण्डारी र समाजसेवी महतराले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्