काठमाडौं – १३ अगस्ट १९६३ मा तामिलनाडुमा जन्मिएकी हुन्, श्रीदेवी । उनले आफ्नो करियर त्यसबेला सुरु गरिन्, जतिबेला उनी चार बर्षकी थिइन् । त्यसबेला उनले तमिल फिल्म गरेकी थिइन् । दक्षिण भारतिय फिल्ममा काम गरेपछि श्रीदेवीले हिन्दी भाषाको ‘जूली’ फिल्म खेलिन्, १९७५ । यतिवेलासम्म पनि उनी बाल कलाकारकै रुपमा थिइन् । जुलीबाट उनी बलिउडमा तानिएकी थिइन् ।
फिल्मी जीवनले रफ्तार लिइरहेका बेला उनले बोनी कपुरसँग बिवाह गरिन् । यो सन् १९९६ को कुरा हो । बोनी बलिउडका फिल्म निर्माता थिए/हुन् । उनीहरुको प्रेम सम्बन्ध फिल्म ‘मिस्टर इन्डिया’को छायांकनको क्रममा भएको थियो ।
बिवाहपछि श्रीदेवी पारिवारिक जीवनमा फर्किइन् । उनको कोखबाट दुई छोरी भए । डेढ दशक उनले पारिवारिक विश्राम लिइन् ।
केहि समय पहिले यिनै श्रीदेवीले आफ्नो जन्म दिनको पार्टी मनाएर होटलबाट बाहिरिने क्रममा रक्सीको नसामा देखिएकी थिईन जुन दृश्यलाइ पत्रकारले पछ्याइरहेका थिए ।
उनि एक्लै हिड्न नसक्ने अवस्थामा थिईन मतलब उनका खुट्टा लडबडाई रहेका थिए त्यसैले उनलाई आफ्नै श्रीमान बोनि र छोरीले हात समातेर कार सम्म पुर्याएको देख्न सकिन्छ ।