काठमाडौँ । बेलायती प्रसारण संस्था बीबीसीको आइएनजिओ बीबीसी मिडिया एक्सनले संचालन गरेको लोकप्रिय कार्यक्रम साझा सवालकि प्रस्तोता बिद्या चापागाईले नयाँ क्रायक्रम लिएर आएकी छिन ।
उनले तानाबाना नामक कम्पनीबाट संचालित युटुब च्यानल ‘हेर्ने कथा’ बाट हेर्ने कथाको भाग १ लिएर आएकी हुन् । कपिलवस्तुको मायादेवी नगरपालिका-२, भैसकुण्डास्थित उम्मे उम्मार कन्या क्याम्पसभित्र आजसम्म कोही पनि संचारकर्मीले प्रवेश पाएका थिएनन् ।
तर उनले कन्या क्याम्पसभित्र हुने गरेका विभिन्न गतिविधिको बारेमा हेर्ने कथा मार्फत सार्वजनिक गरेकी छन । हेर्ने कथाको पहिलो अंक त्यही एउटा स्कुलको कथा रहेको छ ।
अब यो कार्यक्रम महिनामा २ पटक अंग्रेजी महिनाको १ र १५ तारिकमा बेलुका ९ बजे युटुब च्यानलमा अपलोड हुने बताइएको छ । नेपाली समाजमा लुकेर छिपेर बसेका तथ्यहरुको खोजि गरि सार्वजनिक गर्ने यो कार्यक्रमको मुख्य उदेश्य रहेको बताइएको छ ।
अहिलेलाई हेर्ने कथा कुनै पनि टिभी च्यानलमा प्रसारण नहुने र भविष्यमा दर्शक श्रोताको माग र चाहना बमोजिम नयाँ निर्णय गर्दै जाने हेर्ने कथाको वेबसाइटमा जनाइएको छ ।