म संग विवाह गर्न मीरा तयार थिइनन्, उनले शर्त राखिन् : शाहिद कपुर



तपाईं बिवाहित हो या अबिवाहित ? तपाईं विवाह पुर्व आफ्नो दुलाह वा दुलहिलाई सर्त राख्नुहुनेछ? राख्नुहुनेछ भने कस्तो खालको सर्त ? भारतीय मिडिया रिपोर्टहरुकाअनुसार बलिउड नायक शाहिदसँग विवाह गर्नका लागि मीरा राजापुत तयार थिइनन् । यसको मुख्य कारण उनीहरु दुवैको उमेर थियो । शाहिद र मीराको उमेर १३ वर्षको फरक छ ।

शाहिदले हालै दिएको एक अन्तर्वार्तामा यस कुरालाई खुलासा गरेका छन् कि विवाह पूर्व उनकी पत्नी के शर्त राखेकी थिइन । शाहिदको मीरासँग विवाहको कुरा चलिरहँदा ‘उडता पन्जाब’को सुटिङमा ब्यस्त थिए ।

यही बेला उनको मीरासँग भेट भएको थियो । जब दुवै बीच विवाहका बारेमा कुराकानी चल्यो त शाहिदसँग मीराले पहिलेको जस्तै हेयर स्टाइल बनाउने शर्त राखिन् ।

शाहिदले यो पनि खुलाए मीराका बुवा ‘उडता पन्जाब’मा उनलाई टमी जोनको लुकमा देखेर एक पटक त डराएका थिए । सुटिङ पुरा गरेर शाहिदले जब आफ्नो हेयर स्टाइल पहिलेकोजस्तो गरे मीरा विवाहका लागि तयार भइन् ।

प्रतिक्रिया दिनुहोस्