टस हारेर जिम्बावे विरुद्ध बलिङ गर्दै नेपाल



आइसीसी एकदिवसिय विश्वकप छनोट अन्तर्गत समुहको पहिलो खेलमा नेपालले अहिले जिम्बावे विरुद्ध खेलिरहेको छ ।

जिम्बावेको क्विन्स स्पोर्ट क्लवमा नेपाल विरुद्ध जिम्बावेले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको छ । नेपाली टिममा पहिलो पटक स्थान बनाएका ललित राजबंशीले डेब्यु गर्ने भएको छन । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्टले डेब्यु क्याप हस्तान्तरण गरे ।

नेपाली टिमको ओपनिङ ज्ञानेन्द्र मल्ल र दिलिप नाथले नै गर्ने भएका छन ।

नेपाली टिमको प्लेइङ ११ यस्तो छ ।
पारस खडका, ज्ञानेन्द्र मल्ल, दिलिप नाथ, दिपेन्द्र ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहित पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, सन्दिप लामिछाने, ललित राजबंशी

प्रतिक्रिया दिनुहोस्