वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच अझै कुरा मिलेन



वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच मन्त्रालय भागबण्डामा अझै कुरा मिल्न सकेन । बागबण्डा मिलाउन बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । तर, बिहानको बैठकले पनि सहमति जुटाउन सकेन । मन्त्रालयको भागबण्डा मिलाउन तीन पार्टीका अध्यक्षबीच आजै साँझ पुनः छलफल हुने भएको छ ।

वाम गठबन्धन र ससफोबीच संविधान संशोधनको विषयमा सहमति भइसकेको छ । तर, संघीय फोरम सरकारमा सहभागी हुँदा कति मन्त्रालय पाउँने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । संघीय फोरमले तीन मन्त्रालय सहित प्रतिनिधिसभाको उपसभामुखको माग गर्दै आएको छ । तर वाम गठबन्धनले भने २ मन्त्रालय सहित उपसभामुख मात्र दिन सकिने भनेको छ ।

सत्तारुढ एमाले र माओवादीले यसअघि नै मन्त्रालय बाँडफाँट गरिसकेका छन् । तर, संघीय फोरम पनि सरकारमा सहभागी हुन इच्छुक देखिएपछि दुबै दलले एक एक मन्त्रालय संघीय फोरमलाई छोड्ने भएका छन् । न्युज 24 बाट

प्रतिक्रिया दिनुहोस्