अभिनेता नभएको भए गायकका रूपमा श्रोतामाझ आउथे : अनमोल केसी



 सन् १९९५ को मार्च २९ मा जन्मिएका अनमोल केसी ६ फिट १ इन्च अग्ला छन् ।

 अनमोलले मल्पी इन्टरनेसनल कलेजबाट ए लेभलको अध्ययन पूरा गरेका छन् ।

 अनमोलले बाल्यकालदेखि हालसम्म २५ भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । तर तीमध्ये कतिपय देशको नाम उनलाई थाहा छैन ।

 सिक्का संकलन गर्ने आफ्नो पुरानो बानीलाई अनमोलले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् । यदि उपहार दिनु छ भने सिक्का दिँदा अनमोल असाध्यै खुसी हुन्छन् ।

 हरेक कुरामा अनमोल नीलो रंगलाई प्राथमिकता दिन्छन् । महत्वपूर्ण अवसरमा उनी नीलै रंगका पहिरनमा हुन्छन् ।

 अनमोलमा कुकुर पाल्ने सौख छ । उनले पालेको कुकुरको नाम गोथे हो ।

 बुवा भुवन केसी भन्दा ठीक विपरीत अनमोल स्पोटर््स जुत्ताका पारखी हुन् ।

 अनमोल मोबाइलमा गेम खेल्नु भन्दा गिटारमा विभिन्न नोट अभ्यास गर्दै समय बिताउन मन पराउँछन् ।

 अभिनेता नभएका भए अनमोल गायकका रूपमा श्रोतामाझ आउने थिए । गायक बन्ने आफ्नो चाहनालाई अनमोलले अहिले पनि मर्न दिएका छैनन् । साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्