विश्व शान्तिको कामना गर्दै नाला मछिन्द्रनाथ जात्रा सम्पन्न



काभ्रे, २१ फागुन

विश्व शान्तिको कामनाका साथ हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४) मा सम्पन्न भएको छ । हरेक वर्ष नेवार समुदायले यही तिथिका अवसर पारेर जात्रा मनाउने गरेका छन् ।

सम्पूर्ण भगवान्को सृष्टिकर्ताका रूपमा सृष्टिकान्ता लोकेश्वरलाई लिइने गरेको लोकेश्वरका प्रमुख पुजारी पुन्यराज बज्राचार्यले बताउनुभयो । “यो जात्रा नालामा २०१७ सालदेखि मात्र मनाउन थालिएको हो, तर नेपाली पात्रोमा भने २०२६ सालदेखि भन्ने उल्लेख छ,” बज्राचार्यले भन्नुभयो । पहिले यो मन्दिर काठमाडौँको बुँगमतीमा थियो । पछि तामाङहरू मिलेर मूर्ति चोरी गरी खासा पु¥याउने क्रममा यही बाटो हुँदै गएको र नालामा आइसकेपछि हाराहुरी चलेपछि यही ठाउँमा मूर्ति छोडेर गएको भन्ने भनाइ बज्राचार्यको छ । पछि यस ठाउँमा मन्दिरको स्थापनापछि नेवार समुदायले लोकेश्वरलाई पुज्दै आइरहेका छन् । नाला सृष्टिकान्ता लोकेश्वरको जात्रामा सेतो मछिन्द्रनाथ र रातो मछिन्द्रनाथको मूर्तिलाई नाला बजार परिक्रमा गराइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्