प्रधानमन्त्री ओली र अब्बासीबीच भेटवार्ता शुरु



काठमाडौँ, २१ फागुन

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच द्विपक्षीय भेटवार्ता शुरु भएको छ ।

उहाँहरुबीच पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा  केही बेरअघि छलफल शुरु भएको हो । दुई प्रधानमन्त्रीको भेटवार्ता सकिएलगत्तै उहाँहरु रात्रिभोजमा सरीक हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्