शेरबहादुर देउवाको सरकारको बेलामा प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका पूर्वडिआइजी तथा प्रतिनिधि सभाका सांसद नवराज सिलवाल केपी ओली प्रधानमन्त्री भइसकेपछि राहतको सास फेरिरहेका छन् ।
ओलीको संरक्षण पाएका सिलवालले आइतबार भएको सांसद पदको सपथ पनि खाइसकेका छन् । त्यसो त उनलाई कार्यसम्पादन मूल्यांकनको प्रमाणपत्रमा कीर्ते गरेको भनी अभियोग लागेको मात्रै हो जसको सूक्ष्म ढंगले अनुसन्धान र प्रमाणित हुन भने बाँकी नै छ । आइजीपीमा पदबढुवा हुन नसकेका नवराज सिलवाललाई धेरैले अन्यायमा परेका भनेर बुझेका थिए ठीक त्यसै बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीले उनलाई एमालेमा प्रवेश गराएर प्रतिनिधिसभाको सांसदमा समेत विजयी भइसकेका छन् । बेलाबेलामा आफ्नो ट्वीटर मार्फत आफ्ना भावना र विचार पोख्ने सिलवालले प्रतिनिधि सभाको सांसद पदको सपथ खाइसकेपछि एउटा ट्वीट गरेका छन् ।
करिब २ महिनासम्म भूमिगत रहेका सिलवालले आइतबार संघीय संसदमा शपथ खाएपछि आफु फरार अभियुक्त नै नभएको भन्दै प्रतिक्रिया दिएका छन् । शपथ ग्रहणका लागि एमाले नेता माधवकुमार नेपालको गाडिमा सँगै आएका सिलवालले आफू कही कतै भागेर नगएको भन्दै नागरिकको माझमा नै रहेको बताए । यसअघि शनिबार उनले सामाजिक सञ्जाल ट्वीटरमा फेरी ट्वीट गरेर जनताको आखामा छारो हाल्ने प्रयास गरेका छन । उनले आफुमाथि कुनै औपचारिक अभियोग दर्ज नभएको भन्दै रोइलो गरेका छन् ।
ट्वीटरमा ट्वीट गर्दै उनले भनेका छन्
नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र उ कुनै फ़रार व्यक्ति पनि होइन। तथ्यलाई वंग्याएर केहि मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दुस्ख व्यक्त गर्दछु। उनले तथ्यलाई बंग्याएर अन्यथा ढंगले प्रचार गरिएको आरोप समेत लगाएका छन । यसअघि पनि सिलवालले पटकपटक सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो अभिव्यक्ती सार्वजनिक गर्दै आएका थिए !